ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

‘समय चक्र’ लाेकार्पण

नेवार महिला समूहको आयोजनामा लेखक तथा कलाकार शारदा चित्रकारकाे ‘समय चक्र’ लाेकार्पण भएकाे छ।

हालै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति एरिना ताम्राकार, पूर्व मन्त्री ऋद्धिबाबा प्रधान र शारदा चित्रकारले चित्रकारकाे कलाविषयक पुस्तक लाेकार्पण गरेका हुन्।

कार्यक्रममा कुलपति एरिना ताम्राकारले शारदा चित्रकारको समग्र कलाजीवनमाथि प्रकाश पारेकी थिइन्। उनले आफ्नो शुभकामना मन्तव्यका क्रममा पूर्व उपकुलपति तथा वरिष्ठ कलाकार शारदा चित्रकारकाे सो किताब नेपाली चित्रकलाको महत्त्वपूर्ण दस्तावेज रहेको बताए।

विज्ञापन

उनले शारदा चित्रकार उमेरले ८६ वर्ष भए पनि काममा अझै सक्रिय रहेको बताउँदै उनी कलाकारका लागि प्रेरणाको स्रोत रहेको पनि बताइन्।

उनले परम्परागत नेवार चित्रकला संरक्षणमा पनि उनको उल्लेख्य भूमिका रहेको बताउँदै उनी स्वयं नेपाली चित्रकलाको एक स्थापित कलाकार रहेको स्मरण गरे।

उक्त अवसरमा पूर्व मन्त्री ऋद्धिबाबा प्रधानले शारदा चित्रकार पुरानो साथी भएको बताउँदै उनको नेपाली कला क्षेत्रमा ठूलो योगदान रहेको चर्चा गरे।

उनले नेपाली कलामा जीवन अर्पण गरेकी कलाकारले कलाको विषयमा लेखेको ‘समय चक्र’ ले कलाबारे धेरै तथ्य उजागर गर्ने विचार व्यक्त गरे।

‘समय चक्र’ का लेखक चित्रकारले लाेकार्पित किताबमा आफूले कलामा गरेका कामको सचित्र वर्णन गरेको बताउँदै आफ्ना पिता मास्टर तेजबहादुर चित्रकारको योगदान सम्झे। महिला भए पनि पिताकै प्रेरणाले कला क्षेत्रमा लागेको चर्चा गर्दै आफूले चित्रकार पुँजातिको परम्परागत कला संरक्षण प्रदान गर्न समेत भूमिका खेल्दै आएको बताए।

ललितकला प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरूका साथै पूर्वकुलपतिहरू किरण मानन्धर र केके कर्माचार्य, वरिष्ठ कलाकार मदनचित्रकार, डा. लय मैनाली, ज्ञानेन्द्र विवश, नरेश सैँजु, डा. विष्णुप्रसाद शर्मा, मेरिना चित्रकार, डिपना शर्मा, निमा लामा बल लगायतको उपस्थिति थियो।

पुस्तकको शीर्षक रहेको ‘समय चक्र’ आलेखमा बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय पहिचान रहेको नेपालमा कलाको महत्त्व सनातनकालदेखि रहँदै आएको विषयमा गहिरो विवेचना गरिएको छ। विभिन्न जातिका परम्परागत जातीय पहिचानको लोककलामाथि पनि जानकारीमूलक लेख समावेश छ। यस्तै सो कृतिमा ‘यात्राः मेरो जीवन र कलाको’, ‘नेवार लोककला पुँज्या बचाउँदै कलाकार’, ‘यात्रा फर्केर हेर्दा’, ‘विरासत धान्न व्यस्त’, ‘बखत दाइ संस्मरण’ आदि शीर्षकका आलेखका साथै उनीबारे विभिन्न व्यक्तिका लेखरचना र उनको अन्तर्वार्ता पनि राखिएको छ।

आकर्षक साजसज्जासहित रङ्गीन तस्बिरहरूमा प्रकाशित उक्त पुस्तक ३०३ पेज छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।