विज्ञापन
राजनीति

सरकारका कामकारबाहीप्रति वर्षमान पुनको असन्तुष्टि

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले राष्ट्रियता, जनजीविका, सुशासन र सेवा प्रवाहका क्षेत्रमा कमजोरी गरेको आरोप लगाएका छन्।

गृहजिल्ला रोल्पामा दुईमहिने राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै पुनले अभियानमार्फत चुनावअघि गरिएका प्रतिबद्धता र सरकारका वर्तमान कामकारबाहीबीचको अन्तर जनतामाझ पुर्‍याइने बताए।

फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुँदा विशेषगरी युवामा देखिएको उत्साह सात महिनामै कमजोर हुँदै गएको र जनतामा असन्तुष्टि बढेको उनको दाबी छ।

विज्ञापन

पुनले सीमा विवाद, छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध र विदेशी शक्तिसँगको संवादमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। सुस्ता क्षेत्रको सीमा विवादसम्बन्धी घटनाबारे प्रधानमन्त्रीले संसद्मा स्पष्ट जवाफ नदिएको आरोपसमेत उनले लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।