विज्ञापन
राजनीति

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन्।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले कांग्रेस रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।

“बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,” पौडेलले भने, “कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ।”

विज्ञापन

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने उनको भनाइ थियो। कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रूपान्तरणको अनुभूति दिलाउनुपर्ने उनले बताए।

सरकारको स्थिरताबारे बोल्दै पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने धारणा राखे। कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरे निरन्तर खबरदारी गर्ने स्पष्ट पारे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।