नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका हुन्। उनले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि टिप्पणी गर्दै त्यसलाई राष्ट्रघातको संज्ञा दिएका छन्।
बास्कोटाले प्रधानमन्त्री शाहले ग्रेटर नेपालको नक्सा टाँग्ने गरेको उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठ्ने आशा व्यक्त गरे।

‘अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने?’ उनले प्रश्न गर्दै भने, ‘मनरो डक्ट्रिन अर्थ मन्त्रीको भनाइले त्यो राष्ट्र घात हुन्छ। धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन्। र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।