स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई तोकेको बाहेकका परीक्षण नगर्न चेतावनी दिएको छ।
बोर्डले भिटामिन ‘बी’-१२, भिटामिन ‘डी’ र टिएफटी लगायतका परीक्षणहरू गराउन प्रतिबन्ध लगाएको छ।
मंगलबार सूचना जारी गर्दै बोर्डले उक्त परीक्षणहरू गरेमा कारबाही गरिने चेतावनी दिएको छ।

‘यस्ता परीक्षण गराएको पाइएमा स्वास्थ्य संस्थाले गरेको मागदाबी भुक्तानी अस्वीकृत हुनेछ,’ बोर्डकाे सूचनामा उल्लेख छ।
यसको साथै सेवा लिन जाने विमित बिरामीलाई विभेद गरेमा अनावश्यक ढिलाइ, विभेदपूर्ण व्यवहार गरेमा, स्वास्थ्य बिमा सेवा सुविधामा उल्लेख औषधी अनावश्यक रूपमा बिरामीलाई किन्न लगाएमा पनि सम्बन्धित संस्थालाई कारबाही गरिने जनाएको छ।
त्यसै गरी बिमा कार्यक्रममा आबद्ध नागरिकहरूलाई तीनरतीन महिनामा औषधी उपलब्ध गराउनु पर्ने जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।