श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने यातायात तथा उद्योगमा काम गर्ने चालक र मजदुरलाई न्याय दिइने र उनीहरूको बिमा गरिने घोषणा गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फ यस्तो घोषणा गरेका हुन्। उनले श्रम संस्कृतिको सरकार आएको दिनदेखि नै चालक तथा मजदुरको हकहित सुनिश्चित गर्ने बताए।
उनले भनेका छन्, ‘श्रम संस्कृतिको सरकार आएको दिन यातायात तथा उद्योगमा काम गर्ने तमाम चालक र मजदुरहरूलाई न्याय दिइनेछ। बिमा गरिनेछ।’



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।