आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल आज ओमानलाई हराउँदै लिग २ को अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछ।
नेपालको टोलीमा कप्तान सन्दीप लामिछानेसहित रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, बशिर अहमद, सुन्दीप जोरा, करण केसी, नन्दन यादव र ललित राजवंशी छन्। क्यानडासँगको खेलमा टोलीमा रहेका गुलसन झा भने आज चोटका कारण प्लेइिङ-११ मा छैनन्। उनको स्थानमा सन्दीप जोराले मौका पाएका छन्।

ओमानको कप्तानी विनायक शुक्लाले गर्नेछन्। टोलीमा जतिन्दर सिंह, हसनैन उल वहाब, करण सोनावाले, हम्माद मिर्जा, मुजिबुर अली, जिक्रिया इस्लाम, जय ओडेद्रा, हसनैन शाह, शाह फैसल र शाकिल अहमद छन्।
विश्वकप लिग २ मा प्रत्येक खेलको नतिजा अंकतालिकाका लागि महत्त्वपूर्ण छ। त्यसैले नेपाल र ओमान दुवै टोली आजको खेल जित्दै आफ्नो अभियानलाई बलियो बनाउने प्रयासमा हुनेछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।