ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

विश्वकप लिग-२ः नेपालले दियो ओमानलाई २६४ रनको लक्ष्य

आईसिसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको हो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले छक्काको वर्षा गर्दै ४० रनको योगदान गरे। मात्र १६ बलको सामना गरेका उनले ४ छक्का र एक चौका प्रहार गरे। रोहित पौडेलले ओमानविरुद्धको खेलमा पनि अर्धशतक बनाए। उनले ६१ रन बनाउँदा अर्जुन कुमालले ४० रन जोडे।

विज्ञापन

ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे। दीपेन्द्र सिंह ऐरीले २२, सुन्दीप जोराले १० रन बनाउँदा आशिफ शेखले ४ र नन्दन यादवले नटआउट ७ रनको योगदान गरे।

ओमानका लागि शाह फेसिल, शकिल अहमद र करन सोनाभ्ले समान २ विकेट लिए।

जारी शृंखलाकाे आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई २४ रनले हराएको थियो । आफ्नो एकदिवसीय मान्यता कायम राख्न नेपालले जारी शृंखलाका चारमध्ये कम्तीमा तीन खेलमा जित निकाल्नै पर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।