ब्रेकिङ न्युज
विज्ञापन
समाज

लेखुको झोलुङ्गे पुल वैकल्पिक मार्ग

त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ। दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ। तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ।

समाजसेवी शिवराज सापकोटाका अनुसार झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताए । पुलमा भीडभाड बढ्दा स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ। पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ।

विज्ञापन

धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकलचालक अभिषेक अधिकारीले पुल पार गर्न लामो समय पालो कुर्नु परेको बताए । ‘पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु प¥यो,’ उनले भने । पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नु परेको उनको भनाइ छ।

दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए। दसैँ सकिएर काठमाडौं, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो।

गत भदौ १० गते आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो। यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।