ब्रेकिङ न्युज
विज्ञापन
समाज

शुक्रबारदेखि सम्पर्कविहीन रेस्टुरेन्ट सञ्चालक खत्री जंगलमा मृ*त फेला

शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किएका विराटनगरका एक रेस्टुरेन्ट सञ्चालक शनिबार मोरङको जंगलमा मृत फेला परेका छन्। विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्री केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

विराटनगर महानगरपालिका–३ का खत्री विराटनगरको चर्चित पिजफायर पिजा क्याफेका सञ्चालक रहेको बताउँदै, एसपी कटवालले भने, ‘शुक्रबार घरबाट हिँडेका खत्रीको शव शनिबार अपराह्न करिब साढे ३ बजे जंगलभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। स्थानीयले जंगलमा मानिस झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको थियो।’

खत्री शुक्रबार दिउँसो करिब १ बजेतिर स्कुटर लिएर घरबाट निस्किएका थिए। घरबाट निस्किएपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्। शनिबार जंगलमा शव फेला परे पनि परिवारका सदस्यले पहिचान गरेपछि साँझ करिब ७ बजे मात्रै उनको सनाखत भएको एसपी कटवालले बताए।

विज्ञापन

एसपी कटवालले भने, ‘खत्रीले प्रयोग गरेको स्कुटर भने हालसम्म फेला परेको छैन। घटनाको कारणसमेत खुल्न सकेको छैन। घटनाबारे विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ।’

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मृत्युको कारण तथा घटनासँग सम्बन्धित अन्य तथ्य खुल्ने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।