ब्रेकिङ न्युज
विज्ञापन
समाज

राजमार्गका २६ होटलमा अनुगमन: एउटै भेटिएनन् ‘उत्तम’, १२ वटामा टाँसियो पहेँलो स्टिकर

चाडपर्वको समयमा राजमार्गका होटलमा यात्रुहरूलाई स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवन खण्डका थप २६ होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता स्तरीकरण गरेको छ।

विभागको निरीक्षण टोलीले बुधबार गरेको अनुगमनका क्रममा कुनै पनि होटल ‘अति उत्तम’ (ए) र ‘उत्तम’ (बी) श्रेणीमा पर्न सकेनन्। परीक्षण गरिएका २६ होटलमध्ये १४ वटा ‘सन्तोषजनक’ (सी) र १२ वटा ‘सामान्य’ (डी) वर्गमा मात्र सीमित भएका छन्।

मापदण्डअनुसार सन्तोषजनक ठहरिएका १४ होटललाई १ तारासहितको हरियो स्टिकर र सामान्य ठहरिएका १२ होटललाई पहेँलो स्टिकर प्रदान गरिएको छ।

विज्ञापन

विभागले खाद्य स्वच्छताका आधारमा अति उत्तमलाई ३ तारा हरियो, उत्तमलाई २ तारा हरियो, सन्तोषजनकलाई १ तारा हरियो र सामान्यलाई पहेँलो स्टिकर दिने गर्दछ।

लामो दूरीका सार्वजनिक सवारीसाधन रोकिने राजमार्गका होटलहरूमा सरसफाइको चरम अभाव, बासी तथा झिँगा भन्केका न्यून गुणस्तरका खाना खुवाउने र मनपरी मूल्य असुल्ने व्यापक जनगुनासो आएपछि विभागले यो कदम चालेको हो।

यातायात व्यवस्था विभागको असोज मंगलबारको सूचना कार्यान्वयनका क्रममा धादिङको बेनीघाट रोराङ र गजुरी तथा चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा सञ्चालित होटलहरूको अनुगमन गरिएको विभागले जनाएको छ।

विभागले राजमार्गका सबै होटल तथा रेस्टुरेन्टलाई तोकिएको स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न र यात्रुको स्वास्थ्यमा खेलबाड नगर्न सचेत गराएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।