ब्रेकिङ न्युज
विज्ञापन
समाज

मानव अधिकार परिषद्⁠मा निर्वाचित नेपालले पायो सर्वाधिक मत

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद् (यूएनएचआरसी) मा २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि निर्वाचित भएको छ।

संयुक्त राष्ट्र संघको महासभामा खसेका १८० मतमध्ये नेपालले १७३ मत प्राप्त गरेको हो। यो नेपाल रहेको निर्वाचन समूहमा सबैभन्दा बढी मत हो।

निर्वाचनपछि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालप्रति विश्वास व्यक्त गर्ने सदस्य राष्ट्रहरूलाई धन्यवाद दिए। उनले बहुपक्षीयता, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको नेतृत्वमा रहेको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति नेपालको प्रतिबद्धता रहेको बताए।

विज्ञापन

थापाले मानव मर्यादाको रक्षा, समावेशीकरण, सामाजिक न्याय र समतामूलक विकासका लागि नेपालले सदस्य राष्ट्र तथा साझेदारहरूसँग मिलेर काम गर्ने बताए।

जेनेभामा रहेको ४७ सदस्यीय मानव अधिकार परिषद् विश्वभर मानव अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने संयुक्त राष्ट्र संघको प्रमुख निकाय हो। परिषद्का सदस्य तीन वर्षका लागि महासभाको गोप्य मतदानबाट निर्वाचित हुन्छन्।

नेपाल यसअघि २०१८-२०२० र २०२१-२०२३ कार्यकालमा परिषद्को सदस्य बनेको थियो। नेपालको नयाँ कार्यकाल २०२७ जनवरी १ देखि सुरु हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।