ब्रेकिङ न्युज
विज्ञापन
समाज

मनास्लु क्षेत्रका सबै पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।

बाढीले पदमार्ग क्षतिग्रस्त बनाएपछि एमक्यापले चुम उपत्यकाको पदयात्रा भने अस्थायी रूपमा स्थगित गरेको छ। चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि सो क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

एमक्यापका सूचना अधिकारी भुवनराज ओझाका अनुसार आइतबार उङ्गिलुङ खोलातर्फबाट आएको बाढीपछि चुम उपत्यकामा समस्यामा परेका ८७ पर्यटक सुरक्षित छन्।

विज्ञापन

यस्तै, प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक तथा ७३ जना गाइड र भरियाहरू पनि सुरक्षित रहेको उनले जानकारी दिए।

धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगत र सल्लेरी खण्डका अधिकांश स्थानमा पदमार्ग क्षतिग्रस्त भएको छ।

सामागाउँ जान चाहने पदयात्रीका लागि भने हेलिकप्टरमार्फत सिधै फिलिम पुग्ने विकल्प रहेको एमक्यापले जनाएको छ। सूचना अधिकारी ओझाका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग भने खुला र सुरक्षित अवस्थामा छ।

आयोजनाले बाढीले भत्काएका पदमार्गहरू तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।