ब्रेकिङ न्युज
विज्ञापन
समाज

तनहुँ र दाङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु र छ जना घाइते

तनहुँ र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मृत्यु हुनेमा तनहुँकी एक महिला र दाङका एक बालक छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ छापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विज्ञापन

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भएर पछाडि सर्दा सडकबाट करिब सात मिटर तल नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

दुर्घटनामा घाइते भएकी गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका घिमिरेले बताए।

दुर्घटनामा घाइते भएका अन्य छ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थल पुगेको थियो।

जिप चालक आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यसैगरी, दाङको घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

रा१ख २५११ नम्बरको टिप्परले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ का राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताए।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका बालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

घटनापछि स्थानीयले दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन माग गर्दै विरोध गरेका छन्। प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।