रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ।
हिमपहिरोपछि भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका खरेल माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–१ (२१६ मेगावाट) मा इन्जिनियरिङ भूगर्भविद्का रूपमा कार्यरत थिए।
बेपत्ता भएदेखि लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन। शवसमेत फेला नपरेपछि परिवारले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

परिवारका अनुसार खरेलको अन्तिम बिदाइ सोमबार, कात्तिक ९ गते बिहान ७ः३० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिनेछ।
बाढीमा बेपत्ता भएका खरेलको शव लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारले उनलाई धार्मिक विधिअनुसार अन्तिम बिदाइ गर्न लागेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।