विज्ञापन
समाज

२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यी घटनाहरूबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणका घटना दर्ता भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंश तथा बाँकेमा जनावरको आक्रमण भएको छ। यसैगरी पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरसहित नौ जिल्लामा आगलागीका घटना भएका छन्।

विज्ञापन

घटनामा घाइते भएकाहरूको स्थानीय तथा अन्य जिल्लाका अस्पतालहरूमा उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा राहत तथा आवश्यक व्यवस्थापनका साथै क्षतिको थप विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले थप क्षति हुन नदिन सम्बद्ध निकायहरूलाई सतर्क रहन आग्रह गरेको छ। साथै, विपद्को जोखिम देखिएमा तुरुन्त स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न तथा आधिकारिक पूर्वसूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।