विज्ञापन
समाज

सप्तकोसी जेटबोट दुर्घटना: तीन जनाको मृ’त्यु, बेपत्ताको खोजी जारी

भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको जेटबोट आइतबार दिउँसो सप्तकोसी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका केही यात्रु अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार मृत्यु हुनेमा एक बालिका, एक महिला र एक पुरुष रहेका छन्। मृतकहरूको पहिचान खुल्न बाँकी छ। शवलाई सुनसरीको चतारा अस्पतालमा राखिएको छ।

दुर्घटनामा घाइते भएका एक जनाको चतारा अस्पतालमै उपचार भइरहेको छ। नौ जनाको सकुशल उद्धार गरिएकोमा पाँच जना घर फर्किसकेका छन्। बोट चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

विज्ञापन

भोजपुरको हतुवागढीस्थित खोप्चेबाट बराहक्षेत्रका लागि छुटेको उक्त बोटमा १६ जना सवार रहेको अनुमान छ। तीमध्ये १२ जनाले मात्र टिकट काटेको खुलेको छ। धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित अरुण र दूधकोसीको दोभान नजिकै इन्जिन फेल भएर बग्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ताको खोजीका लागि नम्बर १ बाहिनीबाट पाँच गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट छ जना र विपद् व्यवस्थापन बेस चतराबाट नौ जनाको टोली परिचालन गरिएको छ।

वर्षायामका कारण गत असारदेखि रोकिएको सप्तकोसीको जेटबोट सेवा यही कात्तिक १ गतेबाट मात्रै पुनः सञ्चालनमा आएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।