ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन

लोकप्रिय अमेरिकी टेलिभिजन शृंखला ‘ब्रेकिङ ब्याड’मा वाल्टर ह्वाइट जुनियरको भूमिका निभाएका अभिनेता तथा अपांगता अधिकार अभियन्ता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।

उनका प्रतिनिधिहरूले सोमबार (स्थानीय समय) उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।

तीन वर्षको उमेरमा सेरेब्रल पाल्सी भएको पत्ता लागेका मिट्टेले ‘ब्रेकिङ ब्याड’का पाँचै सिजनमा अभिनय गरेका थिए। सन् २००८ देखि २०१३ सम्म प्रसारण भएको उक्त शृंखलामा उनले अभिनेता ब्रायन क्र्यान्स्टनले निभाएको वाल्टर ह्वाइटको छोराको भूमिका निर्वाह गरेका थिए।

विज्ञापन

मिट्टेले ‘स्विच्ड एट बर्थ’ र ‘गार्डियन्स अफ जस्टिस’जस्ता शृंखलामा पनि अभिनय गरेका थिए। उनी केही स्वतन्त्र चलचित्रका निर्माता पनि थिए।

अभिनयसँगै उनी अपांगता भएका व्यक्तिको अधिकार र समावेशीकरणका लागि सक्रिय थिए। उनले युनाइटेड सेरेब्रल पाल्सी र श्राइनर्स चिल्ड्रेन्सका लागि राजदूतका रूपमा काम गरेका थिए। साथै, आफ्नै मिट्टे फाउन्डेसनमार्फत अपांगता भएका व्यक्तिलाई सहयोग गर्दै आएका थिए।

उनका प्रतिनिधिहरूका अनुसार मिट्टेले आफ्नो पहिचान र लोकप्रियतालाई अपांगताप्रतिको गलत धारणा हटाउन र समाजमा समावेशीकरण बढाउन प्रयोग गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।