आइसिसी विश्वकप लिग-२ शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग-२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले शृङ्खलाका चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले शृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।