आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।
उनले ४८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाएका हुन्।
अहिले क्रिजमा दीपेन्दलाई रोहित पौडेलले सहयोग गरिरहेका छन्। रोहितले ५७ बलमा ४५ रन बनाएर खेलिरहेका छन्।
विज्ञापन

यसअघि देव खनालले पनि अरधशतक बनाएका थिए। देवले ६५ बलमा ५७ रन बनाएका थिए।
यस्तै, आसिफ शेख १३ बलमा ७ रन र इशान पाण्डे ६० बलमा २९ रन बनाएर आउट भएका थिए।
ताजा स्थितीमा नेपालले ४० ओभरमा तीन विकेट गुमाएर १८७ रन बनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।