आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुन लागेको खेल नेपाली समयअनुसार ११ः १५ बजेदेखि सुरु हुनेछ।
लिग–२को शीर्ष ६ मा अटाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
विज्ञापन

नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको थियो।
नेपाल ३५ खेलमा २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ। ओमान भने ३१ खेलमा ३३ अंकसहित तालिकाको चौथो स्थानमा छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।