ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

क्यानडाविरुद्ध करणले दिलाए पहिलो सफलता, १५ ओभरमा क्यानडा ७०-१

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याइरहेको क्यानडाले १५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ७० रन बनाएको छ।

अल अमिरातमा जारी खेलमा क्यानडालाई जितका लागि अब ३५ ओभरमा १६६ रन आवश्यक छ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले पहिलो सफलता दिलाएका छन्। उनले ३.३ ओभरमा क्यानडाका ओपनर युवराज सम्रालाई १ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको शिकार बनाएका थिए।

विज्ञापन

हाल क्रिजमा आरोन जोनसन ४२ रन र समित गोहेल १७ रन बनाएर अविजित रहेका छन्। यी दुईबीच दोस्रो विकेटका लागि ६० रनको साझेदारी भइसकेको छ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले १२७ बलमा १०१ रनको शतकीय इनिङ्स खेलेका थिए भने गुलशन झाले ४८ र बासिर अहमदले ३० रन जोडेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।