ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताएका छन्।

महेन्द्रनगरमा आइतबार तेस्रो वासुदेव स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदूरपश्चिम खेलका लागि उर्वर भूमि रहेको बताएका हुन्।

‘सुदूरपश्चिममा हरेक खेलमा कुशल प्रतिभा छन्,’ उनले भने, ‘यो प्रदेश खेलको उर्वर भूमि हो।’ उनले प्रदेशले सार्वजनिक गरेको बजेटले सुदूरपश्चिमको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताइ। दुई महिना लामो मिहिनेत गरेर बजेट ल्याएको उनले बताए।

विज्ञापन

उनले प्रतियोगितामा विजेता उपविजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको फाइनल खेलमा सरस्वती मावि झरना सागरले १–० ले ओम पुष्पाञ्जलीलाई पराजित गरेको छ।

विजेता टोलीले रु ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता ओम पुष्पाञ्जली स्कुलले रु ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी भएका थिए। सहभागीमध्ये नौवटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।