ब्रेकिङ न्युज
विज्ञापन
समाज

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ’त्यु, दुई घाइते

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा तीन जना सवार रहेका थिए।

विज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुर बस्ने ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा करिब ७० वर्षीया सोमरिया देवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान ५ बजे आमा सोमरिया देवी ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।