ब्रेकिङ न्युज
विज्ञापन
समाज

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्।

नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरूले मनाएका सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिए।

‘घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादसैँको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौ,’ उनले भने, ‘पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ।’

विज्ञापन

घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो। घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ।

घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।