ब्रेकिङ न्युज
विज्ञापन
समाज

आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ : मौसमविद्

मौसमविद् विनोद पराजुलीले आगामी साता बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

पराजुलीले हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संकेत देखाएको बताएका हुन्। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनले बताए।

उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक गर्दै दसैँको टीका र भेटघाटलाई निरन्तरता दिए पनि आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिएका छन्।

विज्ञापन

यद्यपि, विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको पराजुलीले बताएका छन्। मौसम पूर्वानुमानमा अझै परिवर्तन हुन सक्ने भएकाले नियमित अपडेट हेर्नुपर्ने उनको भनाइ छ।

धानबाली भित्र्याउन र यात्रा गर्न सावधानी

आगामी साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानलाई मौसमको पछिल्लो अवस्था हेरेर निर्णय लिन पराजुलीले सुझाव दिएका छन्। सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउने वा वर्षा रोकिएपछि कटानी गर्ने गरी योजना बनाउन उनले आग्रह गरेका छन्।

केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि देखिएकाले किसानले विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्।

त्यस्तै, हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कने तयारीमा रहेकाहरूलाई नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा योजना बनाउन उनले सुझाव दिए।

पराजुलीले सम्भावित वर्षासम्बन्धी जानकारी डर सिर्जना गर्न नभइ समयमै पूर्वतयारी गर्नका लागि सार्वजनिक गरिएको स्पष्ट पारेका छन्। मौसमको अवस्था थप स्पष्ट हुँदै जाँदा नयाँ जानकारी सार्वजनिक गर्दै जाने उनले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।