ब्रेकिङ न्युज
विज्ञापन
समाज

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ।

गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानको गोठमा पुगेर पशु स्वास्थ्य प्राविधिकले खोप लगाइरहेका छन्।

विज्ञापन

लुम्बिनी प्रदेश सरकारको कार्यक्रमलाई सो केन्द्रले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरेको हो।

जिल्लाको खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गर्न भने हालसम्म चासो नदेखाएको केन्द्रका सूचना अधिकारी रावलले जानकारी दिए।

लम्पी स्कीन रोग पक्सभाइररिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातीको लम्पी स्कीन डिजिज भाइरसका कारण अत्याधिक संख्या गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमा बिहीन पशुरोग भएकोले रोकथामको लागि खोप अभियान प्रभावकारी हुने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।