लगातारको वर्षा रोकिए पनि केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। उनले आज पनि पहाडी भेगका थोरै स्थानमा छोटो समयका लागि हल्का वर्षा हुने सम्भावना रहेको बताए।
बिहीबार र शुक्रबार भने तुलनात्मक रूपमा केही बढी स्थानमा हल्का वर्षा हुन सक्ने पोखरेलले बताए। विशेषगरी अपराह्नको समयमा पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ।
त्यसपछि मौसम क्रमशः सुधार हुँदै जाने देखिएको छ। अर्को साता सामान्यतया घमाइलो मौसम रहने पूर्वानुमान रहेको पोखरेलले बताएका छन्।

मौसममा देखिएको सुधारको संकेतसँगै यस वर्ष दसैँको समयमा मौसमले साथ दिने सम्भावना राम्रो रहेको देखिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।