ब्रेकिङ न्युज
विज्ञापन
अपराध

३६ घण्टाभित्र १२ सय किलो गाँजासहित दुई जना पक्राउ

उदयपुर प्रहरीले बितेको ३६ घण्टा अवधिमा झन्डै १२ सय किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको छुट्टाछुट्टै तीन ठाउँबाट प्रहरीले १२ सय किलो गाँजा, २ बोलेरो गाडी र गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो।

असोज २६ गते एकै दिन दुई छुट्टाछुट्टै ठाउँ बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाबाट तथा २५ गते राति कटारी नगरपालिकाबाट गाँजा, गाँजा बोकेको पिकअप जिप र जिप चालकसहित दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विज्ञापन

विशेष सूचनाका आधारमा खटेको टोलीले सोमबार साँझ बेलका नगरपालिका ५ देउरालीस्थित मदन भण्डारी लोकमार्गमा चेकजाँचको क्रममा गाँजा बरामद गरेको थियो।

बेलका ४ को लालबजारस्थित प्रहरी चौकीबाट खटेको ट्राफिकसहितको टोलीले देउरालीमा सवारी चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसभित्र राखेको बोरामा लुकाई छिपाई सप्तरीको फत्तेपुरतर्फ लाँदै गरेको १ सय ५९ किलो ४ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित पिकअप भ्यान चालक सप्तरीको सप्तकोशी नगरपालिका–८ का २८ वर्षीय पशुपति साफीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसार गर्ने व्यक्ति भने यकिन नभएकाले खोजतलास र अनुसन्धान भइरहेको छ।

त्यसैगरि सोही दिन बिहान २ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित बेलटार रानीटार सडकछेउमा रोकिराखेको बा. १४ च २२५५ नम्बरको बोलेरो जिपको डालामा २९ वटा बोरामा प्याक गरी अज्ञाततस्थलतर्फ लादै गरेको अवस्थामा ९ सय ४० किलो ४ सय ४० ग्राम गाँजा बरामद भएको छ।

उक्त गाडी भने बेवारिसे अवस्थामा रहेकाले चालक र ओसार पसारमा संलग्न कोही व्यक्ति पक्राउ परेका छैनन्।

प्रहरीले बरामद गाँजा र गाडी इलाका प्रहरी कार्यालय बेलटारमा राखेर आवश्यक अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।

उता कटारी नगरपालिका ६ स्थित साँघुरी खोला जंगलमा पनि गाँजासहित एक युवक पक्राउ परेका छन्।

साँगुरी जंगल भएर उदयपुरबाट सिराहातर्फ लाँदै गरेको अवस्थामा १ सय किलो गाँजासहित सोमबार मध्येराति ताप्ली गाउँपालिका २ का २२ वर्षीय विश्वराज राई पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ राई र बरामद गाँजा इलाका प्रहरी कार्यालय कटारीमा राखेर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।