ब्रेकिङ न्युज
विज्ञापन
अपराध

तस्करीका १० लाख ७४ हजार बढीका सामान बरामद

सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी भित्राइएका १० लाख ७४ हजार रुपैयाँ बढीका विभिन्न मालसामान बरामद गरेको छ।

सशस्त्र प्रहरी नेपाल २८ नम्बर गण हेक्का कपिलवस्तु तथा मातहतका इकाईहरूले लत्ताकपडा, किराना, मोबाइल, मोटरसाइकल पार्टस् तथा एउटा मोटरसाइकल बरामद गरेको हो।

बरामद सामान र मोटरसाइकलको मूल्य १० लाख ७४ हजार कायम गरी भन्सार पठाइएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।

विज्ञापन

सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ र तस्करहरूको निगरानी बढाए पछि दिनहुँजसो मालसामान बरामद भएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले तस्करी नियन्त्रणका लागि मातहतका युनिटहरूलाई कडा निर्देशन दिएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।