ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

रामहरि खतिवडाले भने- देउवालाई सम्मान गर्छौं, तर परिक्रमीलाई साथ दिँदैनौं

नेपाली कांग्रेसको खुला सहमहामन्त्रीमा जित सुनिश्चितजस्तै बनेपछि नेता रामहरि खतिवडाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहितका पुराना नेताहरूलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र कसैसँग पनि पूर्वाग्रह नराखिने बताएका हुन्।

‘देउवालाई कहिले ल्याउनुहुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले पार्टीलाई विगतमा पहिलो र प्रिय बनाउन देउवाको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे।

विज्ञापन

उनले भने, ‘यति पुरानो नेता जसले पार्टीलाई प्रतिनिधिसभा, राष्ट्रियसभा र स्थानीय तहमा पहिलो बनाउनुभयो, उहाँलाई पनि कांग्रेस कमजोर भएको हेर्ने इच्छा छैन। हामी उहाँलाई सम्मान गर्छौँ। म व्यक्तिगत रूपमा पनि उहाँ र कृष्णप्रसाद भट्टराईले हुर्काएको कांग्रेसको विद्यार्थी हुँ।’

खतिवडाले निर्वाचनको अन्तिम औपचारिक परिणाम आउन बाँकी रहे पनि आफ्नो ध्यान पार्टी निर्माणमै केन्द्रित रहने बताए।

उनले पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्ने कांग्रेस बनाउनुपर्नेमा जोड दिए। पार्टी अब ‘गफले होइन कामले चल्ने’ बन्नुपर्ने र पार्टी सभापतिलाई दरो बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई देशकै पहिलो शक्ति बनाउनुपर्ने उनको भनाइ थियो।

कार्यकर्ताको मतको सम्मान कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा उनले पार्टीभित्र मौलाएको गुटबन्दी र चाकडी प्रथा अन्त्य गर्ने उद्घोष गरे।

उनले भने, ‘म तेरो-मेरो नभनी काम गर्नेलाई साथ दिन्छु। कान भर्नेहरूलाई टाढा राख्छु। पार्टीमा परिक्रमीलाई भन्दा परिश्रमीलाई प्राथमिकता दिने प्रवृत्तिको विकास गर्न लाग्नेछु।’ उनले अब पार्टीमा ‘तेरो र मेरो’ नभई ‘हाम्रो र राम्रो’ व्यवहार लागू हुने दाबी गरे।

पार्टीभित्र टाढिएका र असन्तुष्ट रहेका नेता-कार्यकर्तालाई एक ठाउँमा आउन अपिल गर्दै खतिवडाले बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि शेरबहादुर देउवासम्मका सबै नेताको योगदानको कदर गर्नुपर्ने बताए।

उनले तीतो बोलेर र नराम्रा कुरा गरेर पार्टी बलियो नहुने उल्लेख गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। खतिवडाले यो जित आफ्नो व्यक्तिगत मात्र नभएर लोकतान्त्रिक आन्दोलन र सिङ्गो नेपाली कांग्रेसको भएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।