शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउन गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद गरेको छ।
पोखरामा आयोजित ‘शिक्षा संवाद–भाग २ (गण्डकी प्रदेश छलफल)’ कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य र नीतिगत स्पष्टताका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयबारे शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तहका प्रतिनिधि तथा अन्य सरोकारवालाले सुझाव दिएका थिए।

मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीका आवश्यकता र कक्षाकोठाको वास्तविकतालाई सम्बोधन गर्ने ऐन निर्माणमा जोड दिएको छ।
शिक्षा क्षेत्रका विभिन्न पक्षसँगको संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन योगदान पुर्याउने अपेक्षा मन्त्रालयले गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।