ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

खगेन्द्र सुनारलाई छानबिन अवधिभर सांसदबाट निलम्बन गर्नुपर्छ : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई विवादित अडियो प्रकरणको छानबिन अवधिभर सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन्।

अडियो सार्वजनिक भएपछि खनालले उनका गतिविधि विगतदेखि नै उग्र, आक्रामक र असभ्य रहेको टिप्पणी गरेका छन्। उनको विगतदेखिको चरित्र सार्वजनिक पदका लागि अनुकूल नभएको खनालको भनाइ छ।

खनालले सामाजिक सञ्जालमार्फत अडियोमा सुनिएको आवाज कसको हो र कसलाई भनिएको थियो भन्ने विषयमा सत्यतथ्य छानबिनबाट बाहिर आउने बताउँदै घटनाको प्रकृति गम्भीर रहेको र पीडितलाई तत्काल सुरक्षा र न्यायको प्रत्याभूति दिनुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

‘हिंसा, अश्लीलता, धम्की, मानमर्दन, अत्याचार र असभ्यताको सम्पूर्ण सीमा भत्काएर कुनै पनि सद्धे मानिसले सोच्न पनि नसकिने बहुचर्चित अडियो रेकर्डको आवाज कसको हो र कसलाई भनिएको थियो भन्ने सत्यतथ्य ढिलोचाँडो आउने नै छ,’ खनालले भनेका छन्।

रास्वपाले छानबिन नसकिँदासम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरेकोप्रति खनालले स्वागत गरेका छन्। तर, अडियोमा सुनिएको भनिएको अभिव्यक्तिको प्रकृति गम्भीर भएकाले उक्त निर्णय मात्र पर्याप्त नहुने उनको तर्क छ।

‘अडियो रेकर्डको आवाजमा रहेको अपराधको प्रकृति हेर्ने हो भने सभामुखले सुनारलाई छानबिन अवधिभरि तुरुन्त सांसदबाट निलम्बन गर्नुपर्छ,’ खनालले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।