ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसलाई सहमतिमा ल्याउने प्रयासमा सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास थालेको छ।

कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारले सदनबाट बजेट पारित गराउन प्रतिपक्षी दलसँग सहमतिको प्रयास गरेको हो।

मंगलबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर, १ बजेका लागि निर्धारित बैठक पनि सुरु हुन नसकेपछि साँझ ५ बजेसम्मका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

विज्ञापन

प्रदेशसभा सचिवालयले दिउँसो १ बजेका लागि निर्धारित बैठक कारणवश स्थगित भएकाले साँझ ५ बजेका लागि सारिएको सूचना सांसदहरूलाई पठाएको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।