ब्रेकिङ न्युज
विज्ञापन
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।

भोटेकोशी बाढीको ४५ दिन पुगेको सन्दर्भमा ज्यान गुमाएकाको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ४० जना गुरु पुरोहितद्वारा पाठपारायण गराइएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए।

त्यस अवसरमा अकल्पनीय रुपमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा उनीहरुको आत्मा शान्तिको कामनासहित मौन धारणा पनि गरियो। रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी कुष्माण्डमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वासका कारण त्यहाँको बेग्लै महिमा छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।