ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

‘अन्तरप्रदेशीय विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न मुख्यमन्त्री थापाको प्रस्ताव

बाढीपहिरो तथा जलवायुजन्य विपद्का घटना बढ्दै गएका बेला बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सातै प्रदेशको सहभागितामा ‘अन्तरप्रदेशीय विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

विपद्का बेला प्रदेशहरूबीच सहकार्य बढाउन र राहत परिचालनलाई प्रभावकारी बनाउन साझा कोष आवश्यक रहेको उनले बताउँदै यस्तो माग गरेका हुन्।

विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले हालै बागमती प्रदेश र आसपासका क्षेत्रमा आएको बाढीपहिरोले राजमार्ग, पुल तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको स्मरण गरे। विपद्पछिको उद्धार र पुनःस्थापनाका लागि सुरक्षा निकाय, निजामती कर्मचारी तथा स्वयंसेवकबीच समन्वय भइरहेको उनले जानकारी दिए।

विज्ञापन

जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, बाढी, पहिरो र अनावृष्टिजस्ता विपद् बढ्दै गएको उल्लेख गर्दै उनले यसको सामना गर्न प्रदेशहरूबीच साझा प्रयास आवश्यक रहेको बताए। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको विनाशकारी असर नेपालले भोग्नुपरेको उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।