ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

सद्भावको चाड

पर्वका रौनक घरघर संस्कार धान्नु जाती

मूल्यमान्यतामा धर्म परम्परा धान्नु जाती।

राम्रो लाउने मीठो खाने रहर हुन्छ सबैको

विज्ञापन

संस्कृतिले डोर्‍याए यथाकर्म मान्नु जाती।

ऋणको भारी नाम्लो नलाउनु टाउकोमा

सानै खुसीमा रमाउन एकरथ तान्नु जाती।

चाडपर्व कहाँ रोक्नु दाजु परदेशिए पनि

निधार खाली नराखी टीका थाप्नु जाती।

कति हराए बाढीमा पीडा रातभरि छटपटी

आँसुका भेल वागमती सरह नछान्नु जाती।

साँकृतिक धरोहर जोगाउनु देवीका मन्दिर

निर्दोष प्राणी बलिमा खुकुरी नहान्नु जाती।

रूपा रिसाल

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।