ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ।

यूएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले संयुक्त राष्ट्रसंघको महासभा र सुरक्षा परिषद्का अध्यक्षहरूलाई पत्र पठाउँदै नुसेबाको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

लाना जाकी नुसेबाले सन् २०१३ देखि २०२४ सम्म संयुक्त राष्ट्रसंघमा यूएईको स्थायी प्रतिनिधिका रूपमा काम गरेकी थिइन्। त्यस क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभाको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। यसका अतिरिक्त उनी यूएन वुमनको कार्यकारी बोर्डको अध्यक्ष पनि बनेकी थिइन्।

विज्ञापन

नुसेबाले सन् २०२२–२०२३ को कार्यकालमा दुई पटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्षता पनि गरेकी थिइन्।

संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार महासचिव नियुक्त गर्ने अधिकार महासभासँग हुन्छ। तर, महासचिव नियुक्तिका लागि सुरक्षा परिषद्को सिफारिस अनिवार्य हुन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।