कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयको उत्सवका रुपमा लिइने आजको दिनले सत्यको मार्गमा आगाडि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन्।
उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा बडादसैँजस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको सन्देशमा उल्लेख गरेका छन्।

‘हाम्रा मौलिक चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधार पनि हुन्,’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘यस्ता पर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको भावना जागृत गर्दै सुखी, समुन्नत र समृद्ध समाज निर्माणका लागि हामी सबैलाई प्रेरित गर्दछन्।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।