ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन्।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत गुटेरेसले सर्वसाधारण नागरिक तथा धार्मिक स्थललाई लक्षित गरी गरिने आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्छ र त्यहाँ सबैका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्छ।’

विज्ञापन

गुटेरेसले घटनामा सङ्लग्न दोषीहरूको पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउनसमेत जोड दिएका छन्। उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता डुजारिकले जानकारी दिए।

प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले यस कठिन घडीमा जोर्डन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

जोर्डनको कराकस्थित चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोलीकाण्डमा सात जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। घटनापछि जोर्डन सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।