ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

५७ वर्षमा ५८ सन्तान

ठुलो परिवार र धेरै बालबच्चा अफगानिस्तानमा सामान्य मानिन्छ। उरुज्गान प्रान्तका मोहम्मद सादिकको परिवार अफगानिस्तानमा सबैभन्दा ठुलोमध्येमा पर्छ। सादिकका चार पत्नी र ५८ सन्तान छन्। उनको कान्छो सन्तान केही साताअघि मात्र जन्मिएको हो। यति ठुलो परिवारको पालनपोषण उनका लागि चुनौती बनेको छ।

सादिकका अनुसार हाल उनको ध्यान बच्चाहरूलाई खाना र पेय पदार्थ उपलब्ध गराउनेमै केन्द्रित छ। आर्थिक अभावका कारण विशेषगरी परिवारका साना बालबालिकाले कठिन परिस्थितिको सामना गरिरहेका छन्। उनका चार पत्नीले वर्षौंदेखि गर्भावस्था, बच्चा जन्माउने र बच्चा हुर्काउने जिम्मेवारी वहन गर्दै आएका छन्। सादिकका अनुसार उनका चारै पत्नी विवाह समयमा १३ देखि १६ वर्ष उमेरका थिए।

कहिलेकाहीं उनी आफ्ना सबै छोराछोरीको नाम पनि सम्झन सक्दैनन्। तर उनी सुत्नुअघि हरेक रात सबै सन्तान घरमा उपस्थित छन्छैनन् भन्ने सुनिश्चित गर्छन्। जब सबै सन्तान घरमा जम्मा हुन्छन् तब त्यहाँ कुनै वैवाहिक समारोह चलिरहेको छ जस्तो हुन्छ। यो परिवारमा खुशीसँगै गम्भीर आर्थिक कठिनाइ पनि छ। गरिबी कहिलेकाहीं यस्तो स्तरमा पुग्छ कि केही बच्चा राति भोकै सुत्नुपर्छ। घरमा बिहानबेलुका मात्र खाना पाक्छ। घरका दुई महिलाले खाना पकाउने काम गर्छन्।

विज्ञापन

५७ वर्षीय सादिक कार सोरूममा काम गर्छन्। उनका अनुसार धेरै सन्तान जन्माउनुको पछाडिको एक मात्र उद्देश्य भगवान्का अनुयायी बढाउनु हो।

छोरीको विवाहसँग सम्बन्धित एउटा रोचक किस्सा सुनाउँदै उनी भन्छन्, ‘विवाह गराउने धर्मगुरुले मलाई मेरी छोरीको नाम सोधे। मैले केही समय सोचें र गल्तीले अर्की छोरीको नाम भनेछु। धर्मगुरु हाँसे र उनले भने घर गएर दोहो¥याएर जाँच गर, के यो नाम सही छ।’ बाल्यकाल र किशोरावस्था हुँदा सादिकसँग विवाह गरेका चारजनाले वर्षौंसम्म गर्भावस्था, बच्चा जन्माउने र बच्चा हुर्काउने जिम्मेवारी वहन गर्दै आएका छन्। धेरै सन्तान हुँदा प्रायः सबैको नाम सम्झन गाह्रो हुन्छ। त्यसैले सादिक धेरैजसोलाई ‘छोरा’ अर्थात् वेटा भनेर बोलाउँछन्।

सादिक एउटा घटना सम्झँदै भन्छन्, ‘एक रात हामी सबै खाना खाने टेबलवरिपरि बसिरहेका थियौं। मैले बच्चाहरू गन्न थालें, गन्दा एउटा नभएको पाएँ। नभएको बच्चा छोरा हो कि छोरी हो भन्ने मलाई पनि थाहा थिएन। त्यसपछि मैले उनीहरूका आमाहरूलाई सोधें। उनीहरूमध्ये एकले भनिन् कि आफ्नो एक बच्चालाई हजुरआमाको घरमा पठाएकी छु।’ सादिकको पहिलो विवाह २० वर्ष हुँदा भएको थियो।

यति ठुलो परिवारको जिम्मेवारीबारे बिबिसीले सोध्दा उनले भने– चारै पत्नीको विवाह सानै उमेरमा भएकाले उनीहरू बाल्यकाल र किशोरावस्थामै गर्भावस्था, बच्चा जन्माउने र बच्चा हुर्काउने जिम्मेवारीमा परे, उनीहरूको स्थायी जिम्मेवारी नै यही बनेको छ। सादिक र उनका पत्नीहरूले जीवनमा अर्को ठुलो त्रासदीको पनि सामना गरेका छन्। यस अवधिमा उनीहरूले १४ सन्तान गुमाएका छन्, जुन गहिरो दुःख र शोकको विषय हो। विज्ञहरूका अनुसार कम उमेरमा विवाह र गर्भावस्थाले आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम बढाउन सक्छ, बारम्बार गर्भावस्थाले महिलामा थप स्वास्थ्य जटिलता निम्तिन सक्छ। अफगानिस्तानमा गर्भावस्था र प्रसवको समयमा महिलाको मृत्युदर तुलनात्मक रूपमा उच्च छ।

विशेषगरी गुणस्तरीय चिकित्सा सेवाको पहुँच सीमित भएका ग्रामीण र दुर्गम क्षेत्रमा मात्रृ मृत्युदर झन् उच्च छ।

गरिबीले पनि सादिकको परिवारमा गहिरो असर पारेको छ। परिवारका सदस्यले जाडोमा कोठामा र गर्मीमा आँगनमा सँगै खाना खान्छन् तर आधारभूत सुविधामा उनीहरूको पहुँच सीमित छ। परिवारको बढ्दो खर्च पूरा गर्न सादिक मात्र होइन, उनका धेरै बच्चा पनि काम गर्छन्। केहीले इन्धनको रूपमा प्रयोग गर्न वा घरायसी खर्चमा योगदान पु¥याउन कागज, प्लास्टिक र अन्य पुनः प्रयोग गर्न मिल्ने सामग्री संकलन गर्छन्। यो परिवारले दैनिक आवश्यकता जुटाउन निरन्तर संघर्ष गरिरहेको छ। सन्तानका लागि खाना, आश्रय र पालनपोषणको व्यवस्था मिलाउन सादिकका दैनिक चुनौती हुन्।

चिसो रातमा कहिलेकाहीं छ वा सात जना एउटै पातलो कम्बल ओढेर सुत्छन्। साधारण गद्दाबाहेक यो परिवारमा सुत्ने विशेष सुविधा छैन। घरका कोठामा न झ्याल छन् न ढोका बलिया छन्। घरको प्रवेशद्वामा पातलो पर्दा मात्र झुण्डिएको देखिन्छ। यो परिवारले आगो बाल्न प्रायः कागज र अन्य उपलब्ध सामग्री प्रयोग गर्छ। विभिन्न कठिनाइ भए पनि सादिक बच्चाहरूलाई स्कुल पठाउन प्रयासरत छन्। सीमित आम्दानीका कारण बच्चाहरूको शिक्षा खर्च धान्न उनलाई गाह्रो छ। सादिकले प्रतिकार बेचेबापतको कमिसन एक हजार अफगानी पाउँछन्। परिवारको खच उनको कुल आम्दानीभन्दा धेरै बढी छ। सादिक आफ्ना बच्चाहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न सरकार, संघसंस्था र आर्थिक रूपमा सक्षम व्यक्तिहरूलाई सहयोगका लागि अपिल गर्छन्। उनका दुई प्रमुख इच्छा छन्। ‘मेरो पहिलो चाहना भनेको बच्चाहरूले शिक्षा प्राप्त गरून्, धर्म र संसारबारे सिकुन् भन्ने हो। दोस्रो चाहना उनीहरूले कहिल्यै भोकै सुत्नु नपरोस्।’ (बिबिसीबाट साभार)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।