काठमाडौंको पुरानो बजार नरदेवीमा यतिबेला शताब्दीयौं पुरानो परम्परा अनुसारको नरदेवी नाचको रौनक छ। बाजागाजाको गुञ्जनबीच देवीदेवता डबलीमा ओर्लिरहेका छन्।
मुकुट, गरगहना र आयुधले सुसज्जित देवीदेवताको नाच हेर्न डबली वरिपरि सर्वसाधारणको भीड लाग्छ।
यो नाच १२ वर्षे चक्रमा हुने र सेतो चरा देखिएपछि मात्रै सुरू हुने मान्यता रहेको बताइन्छ। पुरानो बजारको यो परम्परा हेर्न स्थानीयदेखि सर्वसाधारणसम्मको उपस्थिति देखिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।