काठमाडौँ । नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी चयन भएका छन् । समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले उनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष डा. सुनिला राईले गरेकी थिइन् ।
कृषि मन्त्रीको प्रमुख आतिथ्य
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन भएको हो । यसै क्रममा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति चयन गरिएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।