काठमाडौंमा खसीको भनेर बाख्राको मासु बिक्री गर्ने कार्यमा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई ५६७ किलो बाख्राको मासु गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुईवटा गाडीमा मासु लोड गरिँदै गर्दा नै आठै जनालाई नियन्त्रणमा लिइएको हो। खसीको भनेर बाख्राको मासु बेचिँदै आएको भन्ने सूचनाका आधारमा कारबाही अघि बढाइएको हो।
पक्राऊ परेकाहरूबारे थप विवरण र अनुसन्धानको अवस्थाबारे प्रहरीले जानकारी दिएको छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।