ब्रेकिङ न्युज
विज्ञापन
समाज

स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप

उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरमा बहुलाएको स्यालले एक व्यक्तिसहित पशुचौपायालाई टोकेको छ।

सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।

तीन दिनअघि गाउँमा एक्कासि देखा परेको स्यालले बुधबार साँझ पशुचौपायालाई टोकेर घाइते बनाएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए। उनका अनुसार सुरुमा भैँसी, पाडो र बाख्रालाई स्यालले टोकेर घाइते बनाएको जानकारी आएको थियो। पछि एक व्यक्तिलाई समेत स्यालले टोकेको पाइएको हो।

विज्ञापन

स्यालले बाटोमा चर्दै गरेका र गोठमा बाँधेर राखिएका पशुचौपायालाई टोकेको थियो। घाइते पशुचौपायालाई रेबिजविरुद्धको खोप दिन गाउँ पुगेका पशु प्राविधिकले एक व्यक्तिलाई समेत स्यालले टोकेको फेला पारेका हुन्।

वडा कार्यालयका पशु प्राविधिक छेदीलाल चौधरीका अनुसार स्यालको टोकाइबाट खैजनपुरका ६० वर्षीय वीरबल कार्की घाइते भएका छन्। खेतमा घाँस काट्दै गरेका कार्कीलाई स्यालले खुट्टामा टोकेको परिवारलाई उद्धृत गर्दै चौधरीले बताए।

उनलाई शुक्रबार बिहान जिल्ला अस्पताल गाईघाट लगेर रेबिजविरुद्धको खोप दिइएको छ।

त्रियुगा नगर पशु शाखाका भेटेरिनरी अधिकृत चुडामणि थापाका अनुसार बिहीबार र शुक्रबार खैजनपुरका विभिन्न कृषकका ११ वटा पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ।

स्यालको टोकाइबाट एक व्यक्ति, एउटा भैँसी, दुईवटा पाडा, एउटा गाईको बाछो र सातवटा बोका-बाख्रा घाइते भएको जानकारी दिए। पशु प्राविधिकले घरघर पुगेर घाइते पशुचौपायालाई खोप लगाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।