विज्ञापन
समाज

विराटचोकको एक पसलमा आगलागी, १३ लाखको धनमाल नष्ट

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकमा शुक्रबार राति विद्युत् सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार राति पौने ११ बजेतिर स्थानीय हस्तबहादुर थापाको टिनको छानो र इँटाको गाह्रो भएको घरमा सञ्चालित किराना पसलबाट आगलागी सुरु भएको थियो।

आगलागीबाट थापाको किराना पसलमा रहेका खाद्यान्न तथा अन्य सामग्रीमा ५ लाख र नगद १ लाख गरी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

विज्ञापन

यस्तै, सोही घरमा भाडामा सञ्चालित कमला मुदेलको कपडा पसलमा आगोको धुवाँ र तापका कारण थप ५ लाख रुपैयाँ बराबरको कपडा नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट पसल रहेका कोठाहरूमा समेत २ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय विराटचोकको टोली, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा बेलबारी र सुन्दरहरैँचा नगरपालिकाका दमकलको संयुक्त प्रयासमा राति साढे ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।