विज्ञापन
समाज

धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या, किसान चिन्तित

धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन्।

भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिए। विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्याएको उनले बताए।

धानको फेदमा किराले क्षति पुर्याउँदा बोट कमजोर भई ढल्ने गरेको र त्यसले धान तथा पराल दुवैमा नोक्सानी पुर्याएको उनले जानकारी दिए। धानबालीमा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ।

विज्ञापन

‘विगतका वर्षमा धानमा यसरी लाइ किराको प्रकोप देखिएको थिएन’, उनले भने, ‘किराले धानको फेदमै क्षति पुर्याएपछि बोट ढल्न थालेका छन्। यसले धानको उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पुर्याएको छ।’

भोजपुर नगरपालिका–५ का अर्की किसान गीता विष्टले पनि धानको फेदमा लाइ किराको समस्या देखिएको बताइन्। किराको प्रकोपका कारण धानको बोटसँगै बालामासमेत क्षति पुगेको उनले जानकारी दिइन्।

‘धानको फेदमा लाइ किरा लागेर रस चुस्ने गरेको छ। जसले गर्दा बोट सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ’, उनले भनिन्, ‘वर्षभरि खाने मुख्य बाली नै भित्राउने बेलामा नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ।’

धान पाक्ने तथा भित्राउने समय नजिकिँदै गर्दा बालीमा यस्तो समस्या देखिएपछि मेहनत र लगानी खेर जाने चिन्ता बढेको किसानको भनाइ छ। धानका बोट ढल्दा बाली भित्राउन कठिन हुने तथा धान र पराल दुवैमा क्षति पुग्ने भएकाले किसान थप समस्यामा परेका छन्। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।