काठमाडौं। देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज मंगलबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
मंगलबार बिहान ८ बजे जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका साथै उपत्यका र खोंचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्ने र अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। त्यस्तै, मंगलबार राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।