ब्रेकिङ न्युज
विज्ञापन
समाज

यस्तो रहनेछ आगामी पाँच दिनको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा बिहानीपख हुस्सु

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार साँझ ६:०० बजे जारी गरेको पाँचदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी कार्तिक ११ गतेसम्म देशका अधिकांश भेगमा मौसम सामान्यतया अनुकूल रहनेछ।

यद्यपि, हिमाली भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपात र बिहानीपख तराई तथा उपत्यकामा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ।

विज्ञापन

हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

शनिबार रातिको मौसम

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। देशको तराई, उपत्यका तथा खोंचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

आइतबार र सोमबारको पूर्वानुमान

कार्तिक ८ गते (आइतबार) दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै, कार्तिक ९ गते (सोमबार) दिउँसो कोशी प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्नेछ। यी दुई दिन पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि तराईको मौसम मुख्यतया सफा रहनेछ भने बिहानीपख उपत्यका र तराईमा हुस्सु-कुहिरो देखिनेछ।

मंगलबार र बुधबारको स्थिति

कार्तिक १० र ११ गते (मंगलबार र बुधबार) देशभर आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको आकलन गरिएको छ।

आगामी तीन दिनका साथै कार्तिक ११ गते (बुधबार) सम्मका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, मौसममा आउने सामान्य फेरबदललाई ध्यानमा राख्दै पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।