ब्रेकिङ न्युज
विज्ञापन
विविध

शौचालय सफा गरेपछि प्रयोग गर्न नदिएको भन्दै श्रीमानले मागे सम्बन्धविच्छेद

शौचालय सफा गरेपछि तुरुन्तै प्रयोग गर्न नदिने र ओछ्यानमा कपाल झरे पनि रिसाउने श्रीमतीको बानीले एक पुरुषलाई अदालतसम्म पुर्‍याएको छ।

टर्कीका एक पुरुषले विवाह भएको चार वर्षपछि श्रीमतीसँग सम्बन्ध विच्छेदको माग गरेका छन्।

उनले श्रीमतीको अत्यधिक सरसफाइ गर्ने बानीका कारण घरको सामान्य जीवनसमेत विवादको विषय बन्न थालेको बताएका हुन्। अदालतमा दायर गरेको निवेदनमा ती पुरुषले श्रीमतीले शौचालय सफा गरेपछि आफूलाई तत्काल प्रयोग गर्न नदिने गरेको बताएका छन्। ओछ्यानमा आफ्नो कपालका केही टुक्रा झरे पनि श्रीमती रिसाउने गरेको उनले दाबी गरेका छन्।

विज्ञापन

उनका अनुसार श्रीमतीको सरसफाइसम्बन्धी व्यवहार यति कडा थियो कि घरमा हुने सामान्य गतिविधिले समेत बारम्बार दम्पतीबिच विवाद हुने गरेको थियो। गल्फ न्युजका अनुसार घरको भान्सासमेत फोहोर नहोस् भनेर उनीहरूले घरमा खाना पकाउन छाडेर बाहिरबाट खाना अर्डर गर्न थालेका थिए।

ती पुरुषले विवाहका क्रममा आफूले भोगेको मानसिक पीडाका लागि २ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति पनि माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।